Logo

टाइगर श्राफले आफ्नो भर्जिनिटीको बारेमा भने, ‘म बिल्कुल सलमान जस्तै हु….’



एजेन्सी, १९ साउन । बलिउड फिल्म उद्योगमा फिट बडी र एक्सन फिल्मको लागि टाइगर श्राफको सधै चर्चा हुने गर्छ । टाइगरले आफ्नो करियरमा केही हिट फिल्म दिएका छन् । सामाजिक सञ्जालमा सक्रिय टाइगर सधै चर्चामा हुन्छन् ।

हाल टाइगरको एउटा भिडियो सामाजिक संजालमा फेरी भाइरल भएको छ । भाइरल भएको भिडियोमा उनले भर्जिनिटीसँग जोडिएको प्रश्नको जवाफ दिएका छन् । टाइगर श्राफ हालैमात्र कलाकार अरबाज खानको फेमस शो ‘पिंच’मा सहभागी थिएका थिए । यसैक्रममा कार्यक्रम पस्तोता अरबनाले टाइगरको गोप्य कुराबारे प्रश्न गरेका थिए । प्रश्नहरु बलिउडदेखि टाइगरको निजि जिन्दगीमा जोडिएका थिए ।

अन्तर्वाताको क्रममा अरबाज खानले टाइगरलाई भर्जिनिटीको बारेमा पनि प्रश्न गरेका छन् । के तपाई भर्जिनिटी हो भनेर सोधेको प्रश्नमा टाइगरले आफु सलमान दाजु जस्तै भर्जिन भएको खुलाशा गरेका छन् । टाइगरले जवाफमा भनेका छन्, ‘हेर्नोस् म सलमान भाई जस्तै भर्जिन हो ।’ भिडियोमा टाइगरको उत्तर सुनेर अरबाज मरिमरी हासेका छन् । उनको यो भिडियोमा युजरहरुले अत्यधिक प्रतिक्रिया दिएका छन् ।

भिडियोमा टाइगरको दारी देखिएको छैन् । दारी नभएको भन्दै सामाजिक संजाल प्रयोगकर्ताहरुले उनको मजाक गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्