Logo

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक



काठमाडौं, १९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज अपरान्ह ४ बजेको लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । आजको बैठकमा विभिन्न नियुक्तीहरु गरिने बुझिएको छ ।

प्रधानमन्त्री नियुक्त भएको आज तीन साता बित्न लाग्दापनि देउवाले अहिलेसम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । तर, मन्त्रिपरिषद् विस्तारको लागि उनले तयारी भनेका थालेका छन् । सत्तापक्षीय गठबन्धनका नेताहरुसँग उनले हिजोमात्रै छलफल गरेका थिए ।

एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षपनि सरकारकमा सहभागी हुने भएकोले केही समय लागेको कांग्रेस नेताहरुले बताउँदै आएका छन् । तर, अहिलेको अवस्थामा आफूहरु सरकारमा सहभागी नहुने माधव नेपालनिकट नेता डा. विजय पौडेलले बताएका छन् । File Photo/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्

Screenshot