Logo

खुर्सानीले भरिएको बर्गर खाँदा घाँटीमा १ इन्चको प्वाल



एजेन्सी । यो संसारमा धेरै मानिसहरु मिठो खाने र पिउनेको शौखिन हुन्छन् । केही मानिसहरु हासो ठट्टटामा पनि खाने कुराको शर्त राख्छन् । कसैले चुनौति पुरा गर्छन भने कसैलाई धेरै अफ्ठेरो पनि हुन्छ ।

एउटा यस्तै घटना भएको छ । अमेरिकामा ४७ वर्षका एक व्यक्तिले बर्गरमा भरिएको खुसार्नी खाने शर्तमा ठुलो मुल्य चुकाउन परेको छ ।

एक रिपोर्टको अनुसार खुर्सानी भरीएको बर्गर खाएपछि केही बेरमा नै उनलाई बान्ता आउन सुरु भएको थियो । विस्तारै पेट बेस्सरी दुख्न थाल्यो । लगातार वान्ता भईरह्यो । उनको वान्ता धेरै भएको कारण घाँटीमा धेरै दबाब पर्दा घाँटी नै छेडिएको छ । स्वास्थ्य अवस्था गम्भिर भएको भन्दै उनलाई अस्पतालमा भर्ना गरिएको थियो । डाक्टरहरुले उनको घाँटीमा साढे २ इन्च सेन्टिमिटर प्वाल परेको जानकारी दिएका छन् । डाक्टरहरुले उनको ज्यान बचाएका छन् । उनको २ हप्ता लामो अस्पतालमा उपचार भएपछि निको भएर घर फर्किएका छन् ।

भुतिया झोलकिया नामको खुर्सानी संसारको सबैभन्दा पिरो खुर्सानी हो । यसको प्रयोग केबल ह्यान्ड ग्रिनेडमा मात्र गरिन्छ । यसलाई संसारकै सबैभन्दा ज्वलनसिल खुर्सानी मानिन्छ ।



प्रतिक्रिया दिनुहोस्