Logo

‘अफगानिस्तानमा शान्ति सेना पठाउने विषयमा सोचिएको छैन’



१९ साउन: अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय शान्ति सेना पठाउने विषयमा अहिले नसोचिएको संयुक्त राष्ट्रसङ्घका लागि भारतीय राजदूतले बताएका छन् । संयुक्त राष्ट्रसङ्घका लागि भारतीय राजदूत टिएस तिरुमूर्तिले सो कुरा बताएका हुन् ।

उनले भनेका छन्, हामीले अहिले नै अफगानिस्तनमा संयुक्त राष्ट्रसङ्घीय शान्ति सेना पठाउने बारेमा केही सोचेका छैनौँ, मलाइ लाग्छ यो अहिलेको अवस्थाको समाधानका लागि शान्ति वार्ता नै विकल्प हुनसक्छ । हाल भारत संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अध्यक्ष रहेको छ । अध्यक्षको हैसियतमा तिरुमूर्तिले सो कुरा बताएका छन् ।

उनले भनेका छन् कि तर हाल अफगानिस्तानको अवस्था निकै नै कमजोर भएको छ, त्यहाँका तालिबानीले हिंसालाई बढावा दिएका छन् र विभिन्न शहरमा उनीहरुले आक्रमण गरेको समाचार आइरहेका छन् । राजदूत तिरुमूर्तिले सुरक्षा परिषद्को बैठकमा बोल्दै संयुक्त राष्ट्रसङ्घले अझै पनि अफगानिस्तानको समस्याको समाधान वार्ताबाटै गर्नुपर्छ भन्ने ठानेको छ भने ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्