Logo

कृष्णा श्राफको बोल्डनेसको चर्चा, तस्वीरले मच्चायो तहल्का



एजेन्सी, १९ साउन । बलिउड एक्सन अभिनेता टाइगर श्राफको बहिनी कृष्णा श्राफले बोल्डनेसले सामाजिक संजालमा तहल्का मच्चाएकी छिन् । फिटनेस फ्रिक कृष्णा श्राफले प्रायजसो सामाजिक संजालमा आफ्ना आकर्षक र बोल्ड तस्वीर शेयर गर्दै आएकी छ्नि ।

भर्खरैमात्र कृष्णाका केही आकर्षक तस्वीरहरु भाइरल भएका छन् । वास्तवमा कृष्णाले एक म्यागेजिनको लागि फोटो शुट गरेकी हुन् । उनले तस्वीर शेयर गर्दै बीटिएस भिडीयो पनि शेयर गरेकी छिन् ।

तस्वीरमा कृष्णा श्राफले कालो रङको बिकिनी लगाएर पोज दिएको देखिन्छ । बिकिनीको साथमा शर्ट पेन्ट र खुट्टामा म्याचिङ जुत्ता लगाएकी छिन् । अन्य केही फोटोमा कृष्णा टपलेसमा पनि देखिएकी छिन् । उनको आकर्षक फोटोलाई धेरैले मन पराएका छन् । कृष्णा हालसम्म फिल्म उद्योगबाट टाढा भएपनि सामाजिक संजालमा भने चर्चित छिन् ।



प्रतिक्रिया दिनुहोस्