Logo

केपी ओलीसँग माधव नेपालको तीन शर्त, होला त एकता ? (भिडिओसहित)



काठमाडौं, १९ साउन । नेकपा (एमाले) का प्रभावशाली नेता डा. विजय पौडेलले अध्यक्ष केपी शर्मा ओलीले अब प्रतिनिधिसभा विघटन गर्नु गल्ती थियो र अब पार्टीले यो गर्नेछैन भनेर सार्वजनिक प्रतिबद्धता जनाए पार्टीभित्र एकता हुने स्पष्ट पारेका छन् । र, अध्यक्ष ओलीले अब प्रतिनिधिसभालाई पूरा कार्यकाल चलाउन दिईनेछ भनेर प्रतिबद्धता जनाउनुपर्ने उनको भनाई छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘यति गरियो भने पोलिटिकल कोर्स करेक्सनतिर जान्थ्यो । र, एउटा वैचारिक आधार तय हुन्थ्यो । तर, उहाँले चाहीँ त्यतातिर जानुभएन । र, साथीहरुले पनि लम्बाचौडा गरेर १० बुँदे प्रतिवेदन तयार पार्नुभयो । अहिले एकता असम्भव भनेर असम्भव भन्न सकिँदैन् । एकता हुने वा नहुने कुरा जो हामी विद्रोही टिममा भन्दापनि संस्थापनले गल्तीलाई गल्ती र सहीलाई सही भन्नुपर्छ ।’

अध्यक्ष ओलीले वार्ता गरेर आफुहरुलाई अलमल्याउने काम मात्रै गरेको पनि पौडेलको टिप्पणी छ । उनले माधव नेपाले पनि पार्टी एकता नै चाहेको स्पष्ट पारे । र, नेता नेपालले कुनै पद चाहिएको छ भनेर नभनेको पनि उनको स्पष्टोक्ति थियो । उनले केपी ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउँदा आफूले त्यसको विरोध नगरौं र ओलीलाई पार्टी विभाजन गर्न दिनुपर्छ भनेर वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाललाई सुझाव दिएको पनि स्मरण गराए ।

उनले आफ्नो समुह सरकारमा सहभागी हुनेबारे कुनै निर्णय नभएको स्पष्ट पारे । उनले गैर सांसदहरु मन्त्री नभएको राम्रो भनेर सुझाव दिएको पनि सुनाए । यद्धपी उनले दलीय हैसियत नभईकन सरकारमा सहभागी हुन नहुने जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्