Logo

कीर्तिपुरमा गणेशमान सिंहको शालिक निर्माण हुँदै, नेता सिंहद्वारा रकम हस्तान्तरण



काठमाडौं, १९ साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले कीर्तिपुर नगरपालिका वडा नम्बर ८ मा गणेशमान सिंहको शालिक स्थापना गर्न रकम हस्तान्तरण गरेका छन् ।

चाक्सीबारीमा आज बिहान आयोजित कार्यक्रममा गणेशमान सिंह पार्कमा सिंहको शालिक स्थापना गर्न अमेरिकाबाट पुर्ण बानियाँको अग्रसरतामा संकलन गरिएको २ लाख १० हजार रूपैयाँको चेक आज सिंहले हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा पुर्वमन्त्री राजेन्द्रकुमार केसी, प्रदेश सांसद पुकार महर्जनलगायत उपस्थित थिए।



प्रतिक्रिया दिनुहोस्