Logo

महानगरीय ट्राफिक प्रहरी महाशाखाद्धारा चोरी भएका तथा हराएका २३ मोटरसाईकल धनीलाई हस्तान्तरण (फोटोफिचर)



काठमाडौं, १९ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाबाट चोरी भएका तथा हराएका मोटरसाईकलहरु मोटरसाईकल धनीलाई हस्तान्तरण गरेको छ । आज ट्राफिक महाशाखामा आयोजित एक कार्यक्रममार्फत २३ वटा मोटरसाईकल सवारी धनीलाई हस्तान्तरण गरिएको हो ।

ट्राफिक महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले विशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको ईलाकाबाट मोटरसाईकल बरामद गरिएको र चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी बृत्तमा पठाईएको जानकारी दिए । उनले सवारी साधन चोरी घट्नालाई न्यूनीकरण एवम् नियन्त्रण गर्ने अभियान निरन्तर जारी रहेको पनि बताए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्