Logo

अमेरिकी राजदूत बेरी र प्रधान सेनापति थापाबीच शिष्टाचार भेटवार्ता



काठमाडौं, १९ साउन । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी डब्लु. बेरी र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच शिष्टाचार भेटवार्ता भएको छ । उनीहरुबीच आज जंग अड्डामा शिष्टाचार भेटवार्ता भएको हो ।

प्रधान सेनापति थापाको कार्यकक्षमा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनाईएको छ । नेपाली सेनाले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘यस किसिमको नियमित भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एव्म प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।’

 



प्रतिक्रिया दिनुहोस्