Logo

ओली सरकारको जनविरोधी निर्णय खारेज गर्नुपर्छ: झाँक्री



काठमाडौं, १९ साउन । नेकपा एमालेकी सांसद् रामकुमारी झाँक्रीले केपी शर्मा ओली नेतृत्वको सरकारको जनविरोधी निर्णयलाई शेरबहादुर देउवा सरकारले खारेज गर्नुपर्ने बताएकी छन् ।

प्रतिनिधिसभाको आज (मंगलबार)को बैठकमा बोल्दै उनले वर्तमान सरकारको काम संविधानलाई ट्रयाकमा राख्ने र लोकतन्त्रको बाटोमा हिड्ने मात्र नभएर अघिल्लो सरकारको गलत निर्णयलाई सच्याएर अघि बढ्नु पनि रहेको बताएकी हुन् ।

उनले भनिन्, ‘सरकारले संविधानलाई ट्र्याकमा राख्न र लोकतन्त्रलाई सही बाटोमा हिँडाउने मात्रै दायित्व बोकेको छैन, पूर्ववर्ती सरकारले गरेका जनविरोधी कामहरुलाई खारेज गर्ने जिम्मेवारी बोक्नुपर्छ। अघिल्लो सरकारको निर्णयलाई तत्काल खारेज गर्नुपर्छ भनेर झापाबाट एउटा प्रतिनिधि मण्डल पनि आएको छ। यसतर्फ म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।’-File photo/reportersnepal



प्रतिक्रिया दिनुहोस्