Logo

दार्चुलामा भारतीय सीमा सुरक्षा बलले महिलालाई अस्पताल पुर्याएपछि



काठमाडौं, १९ साउन। भारतीय सीमा सुरक्षा बल (एसएसबी) माथि तुइन चुँडालेर नेपाली युवा महाकालीमा वेपत्ता भएको आरोप लागिरहेको छ । यसले संसदमा समेत विरोधका स्वर सुनिएका छन् । एसएसबीले यसैबीच दार्चुलाकी महिलालाई सहयोग गरेको छ । एसएसबीले बीरामी भएकी नेपाली महिलालाई अस्पताल पुर्याएर सहयोग गरेको हो ।

एसएसबीका जवानहरुले बीरामी भएकी महिलालाई भारतको धारचुला सीतापुल हुँदै नेपाल प्रवेश गराएका हुन् । यसको लागि एसएसबीले चार नेपाली नागरिकहरुलाई पनि बीरामी भएकी महिलासँग नेपाल क्षेत्रसम्म जाने अनुमति दिएको थियो ।

नेपाल एपीएफको छांगरु पोस्टमा निर्माण कार्य चालिरहेको छ । आइतबार गार्लिक निर्माण सेवा कम्पनी ९नेपाल० का म्यानेजर इन्चार्ज सहदेव बोहराको निगरानीमा मजदुरहरु काम गरिहेका थिए । सोही समय दार्चुला नौगाड गाउपालिका वार्ड नम्बर १ बस्ने रमेश ठेकरेकी २० वर्षीया श्रीमती मजदुर संगीता ठेकरेको पेटमा अचानक पीडा सुरु भएको थियो । त्यसपछि संगीतालाई अस्पताल लैजान एकदम जरुरी भएको थियो । तर नेपाल तर्फको बाटो खराब भएको कारणले संगीतलाई अस्पताल पुर्याउन सम्भाव थिएन ।

उपचारको लागि भारतको धारचुला सीतापुलको बाटो हुँदै मजदुर बीरामी संगीतालाई अस्पताल लैजान बाहेक कुनै विकल्प थिएन । तर बीरामी संगीतासँग यसको लागि कुनै अनुमति थिएन । आपत स्वास्थ्यकी एसएसबी बी समवाय गब्र्यागका समवाय कमान्डरलाई यसको जानकारी हुनसाथ बीरामी संगीतासहित ५ जनालाई अनुमति दिइएको थियो ।

परिस्थितीको आकलन गर्दै उनीहरुलाई भारतको धारचुला सीतापुल हुँदै नेपाल प्रवेश गराइएको थियो । बीरामी महिलाको हालत गम्भीर भएकोले एसएसबीका जवानहरुले तुरुन्त संगीतालाई आफ्नै वाहनमा चढाइ छियालेखसम्म पुर्याएका थिए । र साथै भारतीय सेनाको एमआई कक्षमा सांगीताको प्राथमिक उपचार गरी बुँदी तर्फ पठाइएको थियो । नेपालमा भारतको एसएसबीविरोधी नारा लागिरहेको बेला एसएसबीले मनावता प्रदर्शन गरेको हो ।



प्रतिक्रिया दिनुहोस्