Logo

अस्पतालमा कोरोना संक्रमितको चाप बढेपछि सरकारद्वारा निषेधाज्ञा उल्लंघन गर्नेलाई कारबाहीको चेतावनी



काठमाडौं, १९ साउन । काठमाडौं उपत्यकालगायत देशभर कोरोना भाइरसको संक्रमित दर उच्च हुँदै गएपछि अस्पतालहरु भरिन थालेका छन् । अवस्था भयावह हुनसक्ने तर्फ सचेत गराउँदै उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आज सूचना जारी गरी स्वास्थ्य मापदण्ड उल्लंघन गरेमा कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

सूचनामा पछिल्ला केही दिन देखि काठमाडौं उपत्यकालगायतका जिल्लाहरुमा कोरोनाको संक्रमण दर उच्च हुँदै गएको उल्लेख छ । तर, निषेधाज्ञा जारी रहँदा समेत भीडभाडजन्य क्रियाकलाप गर्ने, सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी र्यालीजस्ता गतिविधिमा संलग्न रहने गतिविधि नगराउन भन्दै कडा कारबाहीको चेतावनी दिइएको छ ।



प्रतिक्रिया दिनुहोस्