Logo

‘जयसिंह धामीलाई न्याय देउ’ भन्दै राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनद्धारा काठमाडौंमा प्रदर्शन (फोटोफिचर)



काठमाडौं, १९ साउन । दार्चुला घट्नाको विरोधमा राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले आज काठमाडौंमा प्रदर्शन गरेको छ । महाकाली नदीमा भारतीय एसएसबीले तुईन काटेपछि दार्चुलाका जयसिंह धामी नदीमा बेपत्ता भएका छन् । प्रदर्शनमा उत्रिएका युवाहरुलाई धामीलाई न्याय देउ, तुईन होईन राष्ट्रवादी नेपालीको नाक काटिएको छ, सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही गर, पीडित परिवारलाई क्षतिपूर्ति देउ, सिमानामा हुने सबै किसिमका थिचोमिचो बन्द गर लगायतका माग अघि सारेका छन् ।

संगठनका अध्यक्षद्धय फणिराज लोहनी (राजु) र प्रकाश रिमालको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तीमा भनिएको छ,‘हामी नेपाली हाम्रो राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताप्रति सचेत र संवेदनशील छौं भन्ने तथ्यलाई स्मरण गर्दै दोषीलाई कडा कारबाही गर्न, सीमा अतिक्रमण बन्द गर्न, सिमानामा हुने ज्यादतीको अन्त्य गर्न, पीडितलाई उचित क्षतिपूर्ति दिनसमेत यस राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन भारतसँग जोडदार माग गर्दछ ।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्