Logo

शेयर बजार २६ अंकले बढ्यो, ११ अर्बको कारोबार



काठमाडौं, १९ साउन । शेयर बजार आज २६ अंकले बृद्धि भएको छ । साताको कारोबारको तेस्रो दिन आज २६ दशमलव २ अंकले बढेर नेप्से ३ हजार १ सय ११ दशमलव ९ विन्दुमा पुगेको हो । आज ११ अर्ब ५२ करोड बढीको शेयर कारोबार भएको छ ।

नेप्सेको अनुसार आज सात कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज पाँचथर पावर कम्पनी, रु रु जलविदुत परियोजना, जीवन विकास लघुवित्त वित्तीय संस्था, युनियन लाइफ इन्स्योरेन्स, घलेम्दी हाइड्रो लिमिटेड, लिवर्टी इनर्जी कम्पनी र स्वावलम्बन लघुवित्त वित्तिय संस्थाको शेयरमूल्यमा उच्च बृद्धि भएको हो ।

 



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम