Logo

दक्षिण कोरियामा नयाँ भेरिएन्टका दुई हजारभन्दा बढी सङ्क्रमित



१९ साउन: दक्षिण कोरियामा गएको हप्ता दुई हजारभन्दा बढी सङ्क्रमित भेटिएका छन् । ती सङ्क्रमित नयाँ भेरिएन्टका भएका बताइएको छ । दक्षिण कोरियाका स्वास्थ्य अधिकारीले दिएको जानकारीअनुसार त्यहाँ गएको हप्तामा दुई हजार १०९ नयाँ भेरिएन्टका सङ्क्रमित भेटिएका मंगलबार जनाएको छ ।

त्यहाँ यो तथ्याङ्कसहित गएको हप्तामा कोभिड–१९ का नयाँ भेरिएन्टको संख्या आठ हजार १२५ जना पुगेको पनि बताइएको छ । त्यहाँ नयाँ भेरिएन्ट जुलाई २५ मा भेटिएको थियो । यो समेत गरी यहाँ त्यस यता नयाँ भेरिएन्टका २५ हजार २४० जना सङ्क्रमित पाइएका हुन् ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्