Logo

सिद्धार्थ बैंकका ग्राहकलाई अर्थोप्लास्ट रिह्याबमा २५% छुट



काठमाडौं, १९ साउन । सिद्धार्थ बैंकका ग्राहकहरुले अर्थोप्लास्ट रिह्याबमा २५% सम्मको छुट पाउने भएका छन् । बैंक र ललितपुरको इमाडोल स्थित अर्थोप्लास्ट रिह्याब सेन्टर प्रा. लि. बीच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

सम्झौता पत्रमा बैंकका तर्फबाट हेड अफ सर्कल अफिस–कुमारीपाटी ज्ञानेन्द्र महर्जन र अर्थोप्लास्ट रिह्याब सेन्टरका तर्फबाट प्रबन्ध निर्देशक हरी कुमार तामाङले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले अर्थोप्लास्ट रिह्याब सेन्टर प्रा. लि. मा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग, इन्टरनेट बैैंकिङ्ग प्रयोग गरे बापत फिजियोथेरापी सेवाका भुक्तानी शुल्कमा २५ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ । साथै उपत्यका बाहिरका विभिन्न विस्तारित सेवा केन्द्रहरुमा पनि ग्राहकहरुले छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यस सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायतका डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न विभिन्न समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्