Logo

‘एमसीसी पास गर्ने नेताहरुको हातमात्रै होईन गर्धनपनि छिनाईन्छ’ (फोटोफिचर)



काठमाडौं, १९ साउन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले आज काठमाडौंमा प्रदर्शन गरेको छ । त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविदालयमा भैरहेको शैक्षिक विकृतिविरुद्ध प्रदर्शन नाम दिईएको प्रदर्शनमा उत्रिएकाहरुले एमफील र पिएचडीमा गरिएको शुल्क वृद्धि खारेज गर्नुपर्ने, ७७ वटै जिल्लामा आंगिक क्याम्पस विस्तार गर्नुपर्ने, विश्वविद्यालयको सम्पत्तिको संरक्षण गर, मेडिकल कलेजलगायत असंवैधानिक प्रक्रियाले सम्बन्धन दिने काम बन्द गर लगायतका माग अघि सारेका छन् ।

विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उपत्यका क्याम्पस कमिटी ईन्चार्ज तारा सञ्जेलले एमसीसी कुनैपनि हालतमा संसद्बाट पारित गर्न नहुने धारणा राखिन् । उनले एमसीसी पास गर्ने नेताहरुको हातमात्रै होईन गर्धनपनि छिनाईने चेतावनी दिएकी छिन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्