Logo

ब्राजिल ओलम्पिक फुटबलको फाइनलमा



एजेन्सी, १९ साउन । ब्राजिल टोकियो ओलम्पिक फुटबलको पुरुषतर्फको स्पर्धाको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा मेक्सिकोलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै ब्राजिल फाइनलमा प्रवेश गरेको छ ।

निर्धारित र थप समय पनि गोलरहित भएपछि पेनाल्टीबाट खेलको निर्णय भएको थियो । मेक्सिकोका खेलाडीले सुरुवाती दुई पेनाल्टी गोलमा परिणत गर्न नसकेपछि ब्राजिल ४-१ ले विजयी भएको हो । ब्राजिलका गोलकिपर सान्टोसले मेक्सिकोको पहिलो पेनाल्टी प्रहार नै रोकेका थिए । दोस्रो पेनाल्टी पनि पोलमा लागेर बाहिरिएको थियो ।

ब्राजिल ओलम्पिक फुटबलको साविक विजेता हो । उसले लगातार ओलम्पिकमा स्वर्ण जित्दै इतिहास रच्ने प्रयास गरेको छ ।



प्रतिक्रिया दिनुहोस्