Logo

पेस्तोल र गोली सहित २ जना पक्राउ



दाङ, १९ साउन । पेस्तोल र गोली सहित २ जना पक्राउ परेका छन् । गढवा गाउँपालिका १ जुरैनीबाट नाइन एमएम चाईनिज जस्तो दखिने १ थान पेस्तोल, त्यसको २ थान म्याग्जिन र २ थान गोली सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भारत सिद्धार्थनगर पञ्चायत बढनी ३ घर बताउने २२ वर्षीय परमुल्ला अमिर र बढनी ८ बस्ने १९ वर्षीय राजा खान रहेका छन् ।

पैदल आउँदै गरेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट कालाकाटेबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त हतियार सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्