Logo

महाधिवेशन पछि भ्रष्टाचार र धर्मपरिवर्तनको विषयमा शसक्त आवाज उठाउछौंः कमल थापा



काठमाडौं, १९ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी दिनमा पार्टीलाई आन्दोलित रुपमा अगाडी बढाउने बताएका छन् । आन्दोलन र अभियानको क्रममा संगठन सुदृढीकरण गर्दै महाधिवेशनलाई केन्द्रमा राख्ने थापाले बताए ।

पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिको आयोजनामा आज आयोजित भर्चुअल बैठकलाई सम्बोधन गर्दै समिती संयोजक रहेका थापाले स्थानीय निकाय निर्बाचनको तयारीलाई तिब्रता दिन समेत सहभागीहरुलाई आग्रह गरे ।

महाधिवेशन अघि पार्टीको स्थानीय तह गठन, पुनर्गठन र अधिबेशनलाई उच्च प्राथमिकता दिई अघि बढ्नुपर्ने आबश्यकता औल्याउँदै थापाले महाधिवेशन पश्चात् भ्रष्टाचार, सर्वसत्ताबाद, धर्मपरिबर्तन, बेरोजगारका बिषयमा शसक्त आवाज उठाउदै पार्टी आन्दोलित हुने बताए । राप्रपालाई अग्रणी राष्ट्रबादी प्रजातान्त्रिक शक्ति बनाउनको निमित्त सबैले शसक्त भुमिका निर्बाह गर्नुपर्नेमा थापाले जोड दिए ।

महाधिवेशन,स्थानिय निकाय निर्बाचन र संसदिय निर्बाचन दृष्टिगत गर्दै कार्ययोजनाअनुरुप कार्यतालिका बनाएर प्रभावकारी रुपमा परिचालित हुन थापाको आग्रह थियो । थापाको संयोजकत्वमा केही समय अघि परिचालन समिती गठन भएको थियो ।

आजको बैठकमा प्रदेश १, २ र बागमती प्रदेशको पार्टीका जिल्ला अध्यक्षहरुको सहभागीता रहेको राप्रपा सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए । बैठकमा केन्द्रिय सचिवालय प्रमुखद्वय ध्रुब बहादुर प्रधान ,भाष्कर भद्रा, प्रदेश अध्यक्षहरु र समितका सदस्यहरुको सहभागीता रहेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्