Logo

काठमाडौं उपत्यकामा साउन २७ गते मध्यरातसम्म निषेधाज्ञा थपियो



काठमाडौं, १९ साउन । काठमाडौं उपत्यकामा आगामी साउन २७ गते मध्यरातिसम्म निषेधाज्ञा थपिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुको संयुक्त बैठकले जारी निषेधाज्ञालाई साउन २७ गते मध्यरातसम्म थप्ने निर्णय गरेको हो ।

काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले अहिले थपिएको निषेधाज्ञा कडाई गरिएको जानकारी दिए । उनकाअनुसार सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई जरिवाना गर्ने र भीडभाड गर्नेलाई कानूनी कार्वाही गरिने भएको छ ।



प्रतिक्रिया दिनुहोस्