Logo

लम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध तेस्रोपटक अविश्वासको प्रस्ताव (३४ सांसदको हस्ताक्षरसहित)



बुटवल, १९ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध तेस्रो पटक अविश्वासको प्रस्ताव दर्ता भएको छ । आज प्रदेश सभा सचिवालयमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

अविश्वासको प्रस्तावमा ३४ जना सांसदले हस्ताक्षर गरेका छन् । प्रस्तावमा माओवादी प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।

यसअघि उनीविरुद्ध ६ र २६ वैशाख मा गरी दुईपटक अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ । पहिलोपटक अविश्वासको प्रस्ताव दर्ता हुँदा तत्कालीन प्रदेश प्रमुख धर्मनाथ यादवले मन्त्रिपरिषद्को सिफारिशमा प्रदेश सभा अधिवेशन अन्त्य गरेका थिए ।

१९ वैशाखमा मुख्यमन्त्री पदबाट राजीनामा दिई उनी पुनः मुख्यमन्त्री नियुक्त भएका थिए । त्यसपछि अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रक्रिया बढाइएको थिएन ।

लुम्बिनीमा ८० जना प्रदेश सभा सांसदमध्ये बहुमतको परीक्षण हुन सकेको छैन । पोखरेल र उनीविरोधी गठबन्धनले बहुमतको दाबी गर्दै आएका छन् । दाङकी सांसद विमला वली माओवादीमा प्रवेश गरेकोमा हिजो विज्ञप्ति जारी गरी एमालेमै रहेको जनाएकी छिन् । यसले लुम्बिनीमा नयाँ घटना विकास भएको छ ।



प्रतिक्रिया दिनुहोस्