Logo

टोकियो ओलम्पिकः फुटबलमा ब्राजिल र स्पेन फाइनलमा



एजेन्सी, १९ साउन । टोकियो ओलम्पिकको ११औं दिन सम्म चीनले पदक तालिकामा अग्रता कायम राखेको छ । आज पदक थप्दै ३२ स्वर्णका साथ चीन पहिलो स्थानमा छ । अमेरिका २४ स्वर्णका साथ दोस्रो र जापान १९ स्वणृका साथ तेस्रो स्थानमा छ ।

यसैगरी, ओलम्पिक पुरुष फुटबलमा ब्राजिल र स्पेन फाइनलमा पुगेका छन् । ब्राजिलले मेक्सिको र स्पेनले आयोजक जापानलाई प्रतिष्पर्धात्मक खेलमा पराजित गर्दै फाइनलको यात्रा तय गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्