Logo

सत्ता गठबन्धनको कार्यदल बैठक बस्दै



काठमाडौं, साउन २० । सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिमरुप दिन आज पनि सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले विहान ९ बजेबाट बैठक बस्न लागेको हो ।

न्यूनतम साझा कार्यक्रममा सरकारका ११ बुँदे प्राथमिकता र मन्त्रीहरूका लागि १४ बुँदे आचारसंहिता तयार रहेका छन् । आजको बैठकले साझा कार्यक्रमलाई अन्तिम रुप दिएर प्रतिवेदन सार्वजनिक गर्ने तयारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्