Logo

टोकियो ओलम्पिकमा आज १७ स्वर्णको छिनोफानो, ४०० मिटर बाधा दौडमा विश्व किर्तिमान



एजेन्सी, २० साउन । टोकियो ओलम्पिकको १२औं दिन १७ स्वर्ण पदकको छिनोफानो हुने भएको छ । आज एथलेटिक्स, कुस्ती, भारत्तोलन, बक्सिङ, साइक्लिङलगायतका खेलहरुमा स्वर्णका लागि प्रतिष्पर्धा चलिरहेको छ ।

१२औं दिनसम्म चीनले पदक तालिकामा अग्रता कायम राखेको छ । ३२ स्वर्णका साथ चीन पहिलो स्थानमा छ । अमेरिका २४ स्वर्णका साथ दोस्रो र जापान १९ स्वर्णका साथ तेस्रो स्थानमा छ ।

आज विहानै ४०० मिटर बाधा दौडको महिला स्पर्धामा अमेरिकाकी सिड्नी मेगलिनले विश्व किर्तिमान कायम गर्दै स्वर्ण जितेकी छिन् । रजत पनि अमेरिकाका डालिला मुहम्मदले जितिन् । यसअघिको विश्व किर्तिमानभन्दा कम समयमा तीनैजना पदक विजेताले दौड पूरा गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot