Logo

माधव नेपाल पक्षको केन्द्रिय कमिटी बैठक आजलाई स्थगित



काठमाडौं, साउन २० । नेकपा (एमाले) माधव कुमार नेपाल पक्षले आज विहान ११ बजेका लागि आह्वान गरेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। बैठक भोलीलाई सारिएको हो ।

केही सदस्यहरु उपत्यका बाहिर रहेकाले आजलाई तय गरिएको बैठक भोलिसम्मलाई स्थगित गरिएको केन्द्रिय सदस्य जगन्नाथ खतिवडाले जानकारी दिए ।

पार्टी भित्रको विवाद, आफुहरुको समर्थनमा बनेको देउवा नेतृत्वको वर्तमान सरकारमा सहभागिता हुने वा नहुने लगायतका विषयमा छलफल गर्न नेपाल पक्षले केन्द्रीय कमिटी सदस्यहरुको बैठक आह्वान गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्