Logo

घट्यो सुनको मुल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?



काठमाडौं, २० साउन । नेपाली बजारमा केही दिन यता सुनचाँदीको मुल्य थपघट हुँदै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज ३ सयले घटेर प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छ । मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा खरिद बिक्रि भैरहेको छ ।

त्यस्तै, तेजाब सुनको मुल्य पनि आज घटेको छ । प्रतितोला ९१ हजार ८ सय प्रतितोलामा खरिद बिक्रि भएको तेजाबी सुनको मुल्य आज ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी, चाँदीको मुल्य भने स्थिर रहेको छ । प्रतितोला १२ सय ८५ रुपैयाँमा आज कारोबार भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्