Logo

रिभर फल्स पावरले आईपीओ निष्कासन गर्न बोर्डमा दियो निवेदन



काठमाडौं, २० साउन । रिभर फल्स पावर लिमिटेडले ३४ लाख ३० हजार कित्ता आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।

कम्पनीले उक्त आईपीओ निष्कासन गर्नका लागि साउन १३ गते निवेदन दिएको थियो । यस कम्पनीको आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।



प्रतिक्रिया दिनुहोस्