Logo

अपि पावर कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं, २० साउन । अपि पावर कम्पनीले साउन १३ गतेदेखि लिलामीमा ल्याएको अवितरित हकप्रद शेयरमा बोलकबोल पेश गर्ने आज अन्तिम दिन हो ।

जेठ २० गते देखि साउन १३ गतेसम्म खुल्ला गर्दा विक्रि हुन नसकेका २ लाख १५ हजार ५९९ कित्ता हकप्रद शेयर लिलामीमा ल्याएको हो । शेयर बिक्रि तथा प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले शेयरमुल्य न्यूनतम १०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलबोल गर्नुपर्नेछ । शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था कम्पनीले गरेको छ ।



प्रतिक्रिया दिनुहोस्