भूमी आयोगको खारेजीलाई म चाहीँ अनपेक्षित कदम ठान्दिन् : गोकुल बाँस्कोटा


काठमाडौं, २० साउन । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले वर्तमान सरकारले गरेको भूमि आयोग खारेजीलाई आफूले अनपेक्षित कदम नठानेको स्पष्ट पारेका छन् । उनले कांग्रेसको वर्ग दृष्टिकोणकै देन अनुसार भूमि आयोग खारेजी भएको पनि टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्,-“परमादेश सरकारद्वारा गरिएको भूमी आयोगको खारेजीलाई म चै अनपेक्षीत कदम ठान्दीन।यो कांग्रेसको वर्ग दृष्टिकोणकै देन हो।अचम्मित यस्मा छु कि आफुलाई सर्वहारा वर्गको महान प्रतिनीधी भन्ने माओवादीले झन्नै १७लाख भूमीहीन जनतालाई खुल्ला आकाशमुनी वास राख्ने प्रतिगामी काममा कसरी ल्याप्चे लायो?”