Logo

बालुवाटारमा कार्यदलको बैठक, योजना आयोगको धारणा समेटेर साझा कार्यक्रम ल्याईने



काठमाडौं, २० साउन । सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउनको लागि कार्यदलको बैठक आजपनि बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको धारणा र सुझावलाई समेट्ने भन्दै अझै केही दिन समय लिने भएको छ ।

भोलिसम्म आयोगको सुझाव आउने र सकेसम्म शुक्रबार नै सरकारको साझा कार्यक्रम ल्याईने कार्यदलका एक सदस्यले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । यसपटक कार्यदलले लामो कार्यक्रम ल्याउनुभन्दापनि बुलेटमा छोटो तर महत्वपूर्ण कार्यक्रम ल्याउने भनिएको छ ।  File Photo



प्रतिक्रिया दिनुहोस्