Logo

उपेन्द्रलाई सरकारमा जानबाट रोक्दै बाबुराम



काठमाडौं, २० साउन । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सरकारमा जाने या नजाने निश्चित भएको छैन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका खेलेका यादव सरकारमा सहभागी नभई अन्य नेतालाई नेतृत्व गरेर पठाउनुपर्ने विषयबारे छलफल बढिरहेको छ ।

हरेकपटक उनी नेतृत्वको दल सरकारमा सहभागी हुँदा आफू समेत गएका यादवलाई यसपटक रोक्ने प्रयास भइरहेको छ । यादवको साटो महेन्द्र राय यादव वा राजेन्द्र श्रेष्ठलाई नेतृत्व गराएर सरकारमा पठाउनुपर्नेमा जोडबल चलिरहेको छ ।

जसपाका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले उपेन्द्र यादव सरकारमा जान नहुने सुझाव दिएको बुझिएको छ । हिसिला यमीले ट्वीट गर्दै यादवलाई प्रधानमन्त्री बन्ने आँट गर्न सुझाव दिइसकेका छन् । उनले यादव अहिले सरकारमा जान नहुने सन्देश दिनेगरी ट्वीट गर्नु अर्थपूर्ण छ ।

जसपामा को को सरकारमा जाने टुंगो उपेन्द्र यादवले मात्र लगाउन नसक्ने अवस्था विकास भइसकेको छ । बाबुराम भट्टराईको प्रभाव बढेको छ । ओली सरकार ढाल्न महत्वपूर्ण भूमिका निभाएकाले देउवाले पनि उनलाई महत्व दिन थालेका छन् । सरकारमा जानेहरुको सुची टुंगो लगाउँदा यादव रोकिएमा अर्को सांसदको ढोका खुल्नेछ । अर्कोतर्फ, बाबुरामको प्रभाव झन् बढ्ने भएकाले यादवलाई रोक्ने प्रयास भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्