Logo

देउवाले नारायणकाजीलाई सरकारमा समावेश नगर्ने



काठमाडौं, २० साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई सरकारमा समावेश नगराउने भएका छन् । उनले प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका कसैलाई पनि सरकारमा सहभागी नगराउने भएका हुन् ।

विश्वस्त स्रोतका अनुसार देउवाले सरकारमा सहभागी हुने गठबन्धनका नेताहरु प्रतिनिधि सभामा पराजित भएको हुन नहुने स्पष्ट पारेको बुझिएको छ । संविधानमा तत्कालको प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएको व्यक्ति सरकारमा प्रधानमन्त्री या मन्त्री हुन नपाउने व्यवस्था छ । यही व्यवस्थालाई देउवाले देखाएर पराजितलाई मन्त्री नबनाउने अडान लिएको बुझिएको छ ।

माओवादीबाट उपप्रधानमन्त्रीसहित नारायणकाजी श्रेष्ठ सरकारमा जान चाहिरहेका थिए । तर, अब उनी रोकिने निश्चित भएको छ ।

नेकपा एमालेको माधवकुमार नेपाल समूहबाट पनि बामदेव गौतम उपप्रधानमन्त्रीसहित सरकारमा जान चाहिरहेका थिए । उनी पनि रोकिने निश्चित भइसकेको छ ।

यसैगरी, आफूलाई सरकारमा सहभागी नगराइने भएपछि माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभामा बोल्दै प्रचण्डको समेत आलोचना गरेका छन् । उनले देशमा प्रतिनिधि सभा विघटनको घटनामा ओलीमात्र दोषी नभई अन्य नेता समेत दोषी भएको भन्दै प्रचण्डप्रति इंकित गरेका छन् ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्