Logo

चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने पुरुष पक्राउ



सिरहा, २० साउन । यौन दुर्व्यवहार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा भगवानपुर गाउँपालिका १ बस्ने २६ वर्षीय आनन्द कुमार पासवानलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पासवानले ती बालिकालाई यौन दुर्ब्यवहार गरेको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट भगवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्