Logo

कागजपत्र नभएको मोटरसाइकल सहित पक्राउ



कास्की, २० साउन । कागजपत्र नभएको मोटरसाइकल सहित १ जनालाईप्रहरीले पक्राउ गरेको छ । कागजपत्र नभएको लु ३८ प ८७५६ नम्बरको मोटरसाइकल सहित पोखरा महानगरपालिका(२७ प्रगतीटोल ठेगाना भएका २९ वर्षीय नारायण थिङलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

चोरीका मोटरसाइकलहरुको प्रयोग बढेको सूचनाको आधारमा खटिएको प्रहरीले थिङले विना कागजपत्र चलाई ल्याएको उक्त मोटरसाइकल सहित फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।

उनीमाथि चोरी सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्