Logo

मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ



कास्की, २० साउन । मोटरसाइकल चोरी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका १३ मियापाटन बस्ने काजीमान श्रेष्ठको पार्किङ गरी राखेको ग.४ प ४६४२ नम्बरको मोटरसाईकल चोरी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सोही महानगरपालिका १३ कामना मार्ग बस्ने धादिङ सुनौलो बजार नगरपालिका ७ घर भएका २६ वर्षीय प्रकाश पोखरेल र पोखरा महानगरपालिका १३ मियापटन बस्ने स्याङजा पुतलिबजार नगरपालिका ९ घर भएका २३ वर्षीय धिराज सुनार रहेका छन् ।

२०७८ वैशाख २६ गते राति उक्त मोटरसाइकल चोरी भएको घटनाको अनुसन्धानको क्रममा उनीहरुलाई चोरी गरेको उक्त मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको जनाएको छ । उनीहरु माथि चोरी मुद्दामा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्