Logo

श्रीमतीको हत्या गर्ने नुवाकोटका युवक पक्राउ



काठमाडौं, २० साउन । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा ३३ वर्षीय पुरुष पक्राउ परेका छन् । आफ्नै श्रीमती २८ वर्षीया बबिता राईको हत्या गरेको अभियोगमा काठमाडौं चौमती डेरा गरी बस्ने नुवाकोट तादी गाउँपालिका २ सातबिसे घर भएका ३३ वर्षीय रामेश्वर गोतामेलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

रामेश्वरले मंगलबार राति आफ्नै श्रीमतीको हत्या गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्