Logo

काठमाडौंको डल्लुबाट २१ जुवाडे नगद सहित पक्राउ



काठमाडौं, २० साउन । काठमाडौंबाट जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका १५ डल्लु बस्ने प्रकाश शाहीको घरमा जुवातास (ओखर) खेलिरहेको अवस्थामा काठमाडौं टंकेश्‍वर बस्ने ३७ वर्षीय निगेश श्रेष्ठ लगायत २१ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उनको घरभित्र जुवातास खेलिरहेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६ लाख ५ हजार रुपैयाँ र खेलमा प्रयोग भएको २६ थान ओखर सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्