Logo

कैलालीमा बालिका बलात्कृत, एक पुरुष पक्राउ



कैलाली, २० साउन । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जानकी गाउँपालिका ६ धर्मापुर कटान बस्ने ३६ वर्षीय धरमविर चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

चौधरीले ती बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्