Logo

ब्राउनसुगर सहित एक पक्राउ



झापा, २० साउन । अवैध लागूऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । गौरादह नगरपालिका १ बस्ने ३७ वर्षीय कृष्ण कुमार ताजपुरिया ६ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ सहित मंगलबार दिउँसो पक्राउ परेकी हुन् ।

ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले मे.७ प ६७६७ नम्बरको मोटरसाइकलमा सवार कृष्ण कुमारलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको जनाएको छ । थप अनुसन्धानको क्रममा ताजपुरियाले उक्त पदार्थ सोही नगरपालिका २ बस्ने ३९ वर्षीय सुमन कुमार कार्कीबाट किनेको खुलेपछि प्रहरीले सुमनको कोठा तलासी गर्दा थप ३० ग्राम उक्त पदार्थ फेला पारी बरामद गरेको बताएको छ ।

हाल फरार सुमनको खोजी गर्नुका साथै ताजपुरियामाथि जिल्ला अदालत झापाबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्