Logo

शेयरधनीलाई पुरानो लाभांश बुझिलिन महालक्ष्मी बैंकको आग्रह



काठमाडौं, २० साउन । महालक्ष्मी विकास बैंकले पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ । बैंकले हालसम्म नलिएका शेयरधनीलाई साविक मालिका विकास बैंक, महालक्ष्मी फाइनान्स, यती फाइनान्स, सिद्धार्थ फाइनान्स र भ्याली फाइनान्सको विभिन्न साधारण सभाबाट पारित भएको लाभांश केहि शेयरधनीलाई बुझिलिन आग्रह गरेको हो ।

साथै, कम्पनीले हालसम्म लाभांश बुझिलिन बाँकी रहेका लाभांशपूर्जाहरु समयमा नै कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल नारायणचौर नक्सालमा सम्पर्क गर्न आग्रह समेत गरेको छ ।

बैंकले उक्त लाभांश समयमानै बुझि नलिएमा प्रचलित कानून बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने समेत जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्