Logo

शेयरबजार १२ अंकले बढ्यो, कारोबार रकम उच्च



काठमाडौं, २० साउन । शेयर बजार आज उकालो लागेको छ । नेप्से आज १२ दशमलव १५ अंकले बढेर ३१ सय २३ दशमलव २४ उच्च बिन्दुमा पुग्दा १५ अर्ब बढीको शेयर कारोबार भएको छ । त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ७१ अंकले बढेर ५७९ दशमलव २३ विन्दुमा पुगेको छ ।

नेप्सेको अनुसार आज २२५ कम्पनीको १ लाख ४४ हजार ८८७ पटक कारोबार गरेर १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २७१ रुपैयाँ बराबरको २ करोड ८८ लाख १३ हजार ८३१ कित्ता खरिदबिक्रि भएको छ ।



प्रतिक्रिया दिनुहोस्