Logo

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका पारस खड्काले सुनाए भावी योजना (फोटोफिचर)



काठमाडौं, २० साउन । नेपाली क्रिकेट राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले आफ्नो भावी योजना सुनाएका छन् । उनले आफू राजनीतिमा पनि आउनसक्ने संकेत गरेका छन् । ईन्टरनेश्नल क्रिकेटबाट सन्यास लिएको भोलिपल्ट आज होटेल हिमालयमा पत्रकार सम्मेलन गर्दै खड्काले यस्तो सुनाएका हुन् । उनले आफ्नो पहिलो प्राथमिकता भनेको नै एकेडेमीमा समय दिने रहेको सुनाए ।

उनले भने,‘मेरो पहिलो प्राथमिकता एकेडेमीमा समय दिने हो । यसको अलावा म क्रिकेट संघमा काम गर्नपनि ईच्छुक छु ।’ उनले क्रिकेट व्यवस्थापनमा सफल भए राजनीतिमा आउन सक्ने पनि सम्भावना सुनाए । खड्काले क्रिकेट एकेडेमी खोल्ने र त्यसलाई देशभर लैजाने योजना पनि साझा गरे । उनले भने,‘म क्रिकेटबाट टाढिएको होइन, अब बेग्लै भूमिका हुन सक्छ । यो मैले धेरै सोचेर लिएको निर्णय हो ।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्