Logo

माधव नेपाल पक्ष यसकारण संकलन गर्दैछ केन्द्रीय सदस्यहरुको हस्ताक्षर



काठमाडौं, २० साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निर्णायक तयारीमा लागेका छन् । उनले केही दिनमै पार्टी अध्यक्ष केपी शर्मा ओली समक्ष शर्तसहित प्रस्ताव प्रस्तुत गर्ने भएका छन् । त्यसका लागि निर्णय लिन आफू पक्षीय स्थायी कमिटी बैठक राख्ने तयारी समेत गरेका छन् ।

अहिले माधव नेपाल पक्षले केन्द्रीय कमिटी सदस्यहरुको हस्ताक्षर संकलन गरिरहेको छ । उनले आफू पक्षका केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन गरी शक्तिको मापन समेत गर्दैछन् । हस्ताक्षर प्रस्तुत गरी ओलीसामु अन्तिम प्रयास गर्ने र नभए कठोर निर्णयमा पुग्ने गरी नेपाल अगाडि बढेका छन् ।

विश्वस्त स्रोतका अनुसार नेपाल पक्षमा एमालेको नवौं महाधिवेशनले निर्माण गरेको केन्द्रीय कमिटीका ४० प्रतिशत सदस्य हस्ताक्षरका लागि तयार देखिएका छन् । उनीहरु नेपालले लिने जुनसुकै निर्णयका आधारमा अगाडि बढ्नसक्ने भएकाले एमाले विवाद निर्णायक मोडमा पुगेको छ ।

४० प्रतिशत केन्द्रीय सदस्यको संख्या बनाएर एमालेको औपचारिक विभाजनतर्फ नेपाल बढ्न खोजेको बुझ्न सकिन्छ । त्यसका लागि अध्यादेश समेत आउन सक्ने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्