Logo

‘हामीले नागरिकता कहिले पाउने ?’ भन्दै माईतीघरमा प्रदर्शन (फोटोफिचर)



काठमाडौं, २० साउन । नागरिकताविहिन नेपालीहरुले आज काठमाडौंको माईतीघरमा प्रदर्शन गरेका छन् । उनीरुहरुले ‘मैले कहिले नागरिकता पाउँछु ?’, ‘म ईन्जिनियर, मैले कहिले नागरिकता पाउँछु ?’ लेखेको प्लेकार्डसहित आज प्रदर्शन गरेका हुन् । उनीहरुले आफूहरुले अघि सारेका माग पूरा नभएसम्म माईतीघरदेखि प्रदर्शन गरेर संसद् भवनअघि बानेश्वरसम्म दैनिक प्रदर्शन र धर्ना दिने पनि घोषणा गरेका छन् ।

नेपालको संविधान २०७२ भाग २ धारा ११ को उपधारा ३ र ५ कार्यान्वयन गर्न माग

नेपालको संविधान २०७२ भाग २ धारा ११ को उपधारा ३ र ५ कार्यान्ययन गर्न र छिटोभन्दा छिटो नागरिकता ऐन संसोधन गर्न उनीको माग छ । उनीहरुले विगतको दिनमा नागरिकता नपाएर गुमाएका सेवा सुविधाको क्षतिपुर्ती पाउनुपर्ने समेत सरकारसँग माग राखेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्