Logo

आज यी कम्पनीको कारोबार सर्वाधिक



काठमाडौं, २० साउन । आज १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २७१ रुपैयाँ बराबरको २ करोड ८८ लाख १३ हजार ८३१ कित्ता खरिदबिक्रि भएको छ ।

नेप्सेको अनुसार, आज अपि पावर कम्पनीको कारोबार सर्वाधिक भएको छ । कम्पनीको आज ७९ करोड ४९ लाख बढीको कारोबार भएको हो ।

त्यस्तै, अरुण भ्याली हाइड्रोपावर कम्पनीको ५६ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यसैगरी, सानिमा माइ हाइड्रोपावर कम्पनीको ४९ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

अरुण कावेली पावर कम्पनीको ४१ करोड ३७ लाख रुपैयाँको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्