Logo

आज ७ कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढ्यो



काठमाडौं, २० साउन । नेप्से आज १२ दशमलव १५ अंकले बढ्दा १५ अर्ब बढीको शेयर कारोबार भएको छ । आज ७ कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

अपि पावर कम्पनी, खानिखोला हाइड्रोपावर कम्पनी, दिव्यश्वरी हाइड्रोपावर कम्पनी, कालिका पावर कम्पनी, अपर तामाकोशी, घलेम्दी हाइड्रोपावर कम्पनी र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतले कमाएका हुन् ।

नेप्सेको अनुसार, आज अपि पावर कम्पनीको कारोबार सर्वाधिक भएको छ । कम्पनीको आज ७९ करोड ४९ लाख बढीको कारोबार भएको हो । त्यस्तै, अरुण भ्याली हाइड्रोपावर कम्पनीको पनि आज ५६ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्