Logo

नेपाल राष्ट्र बैंकको सञ्चालकमा अर्थसचिव मरासिनीले लिए सपथ



काठमाडौं, २० साउन । आज नेपाल राष्ट्र बैंकको सञ्चालकको रुपमा अर्थसचिव मधुकुमार मरासिनीले सपथ लिएका छन् । मरासिनीलाई सर्बोच्च अदालतका न्यायाधिस तेजबहादुर केसीले सपथ खुवाएका हुन् । अर्थसचिव नेपाल राष्ट्र बैंकको पदेन सदस्य रहने व्यवस्था छ ।

निवर्तमान अर्थसचिव शिशिरकुमार ढुङ्गानाको सरुवा प्रधानमन्त्री कार्यालयमा भएसँगै मरासनीले राष्ट्र बैंकको सञ्चालक पदमा आज सपथ लिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्