Logo

इसेवामार्फत हवाई जहाज टिकट काट्दा उपहार पाइने



काठमाडौं, २० साउन । इसेवामार्फत हवाई जहाज टिकट काट्दा हरेक यात्रुले आकर्षक उपहार जित्न सक्ने भएका छन् । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको योजनामा नेपालको आन्तरिक उडानतर्फ कुनै पनि गन्तव्यमा जाने हवाई यात्रु सहभागी हुन सक्ने भएका छन् । यो योजना एक महिनासम्म सञ्चालन हुनेछ ।

यस योजना अन्तरर्गत इसेवामार्फत हवाई टिकट काट्ने हरेक यात्रुले अमार्या फेशन हाउसमा सपिङ गर्दा २० प्रतिशत छुट पाउने छन् । यस्तै टाइटानमा सपिङ गर्दा १० प्रतिशत छुट पाइने छ भने भोजमा १० हजार हजार भाग्यशाली यात्रुले २० प्रतिशत अथवा २५० सम्मको छुट पाउने जनाइएको छ ।

त्यस्तै, हरेक यात्रुले आगामी ६ महिना भित्रमा अर्को हवाई यात्राका क्रममा रि–सेड्युल गर्नुपरेमा त्यसका लागि लाग्ने शुल्क समेत इसेवाले बेहोर्ने छ । यस योजनामा सहभागी हुनका लागि इसेवामा केवाइसी भेरिफाइड भएको हुनु पर्नेछ भने इसेवा एपमार्फत टिकट काट्नु पर्नेछ ।



प्रतिक्रिया दिनुहोस्