Logo

अक्सिजन प्लान्टलाई कुमारी बैंकको ३ लाख सहयोग



काठमाडौं, २० साउन । कुमारी बैंकले अक्सिजन प्लान्टलाई तीन लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले उदयपुरको बेलकामा निर्माणाधीन अवस्थामा रहेको अक्सिजन प्लान्टलाई तीन लाख रुपैयाँ सहयोग गरेको हो ।

बैंकको बेलका शाखाले बेलका नगर प्रमुख दुर्गाकुमार थापा र उपप्रमुख राजकुमारी चौधरीलाई चेक हस्तान्तरण गरेको हो । विगत ३ बर्षदेखि सेवा सञ्चालन गर्दै आएको बैंकले स्थानीयको दैनिक आर्थिक कारोबार सहजीकरण गर्दै सामाजिक उतरदायित्व अन्तरगत अक्सिजन प्लान्टलाई आर्थिक सहयोग गरेको बैंकका बेलका शाखा प्रमुख अमित झाले बताए ।

नगर प्रमुख थापाले कुमारी बैंक बेलका शाखालाई धन्यवाद दिँदै आगामी दिनमा समेत सहयोगको अपेक्षा राखेको बताए । बैंकले देशभर रहेका १९४ शाखा सञ्जाल, १६५ एटीएम, १३ एक्टेनसन काउन्टरलगायत २८ वटा शाखारहित इकाईमार्फत अत्याधुनिक बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

 



प्रतिक्रिया दिनुहोस्